add

भारतका ३० जनामा कोरोना संक्रमणको पुष्टि






ActPro Nepal

|

२३ फागुन, २०७६

|
1188

काठमाडौँ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण ५ दर्जनभन्दा धेरै देशमा फैलिएको छ ।

कोरोना भाइरस संक्रमणबाट  विभिन्न मुलुकमा गरी ३२ सय मानिसको ज्यान गएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म ३० जनामा कोरोना अर्थात् कोभिड–१९ देखा परेको छ  । भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

यसअघि बिहीबार नै संघीय स्वास्थ्यमन्त्री डा। हर्षबर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना सङ्क्रमित भएको बताएका थिए ।

देशका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायतका नाकाहरूमा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको काम गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.