काठमाडौं । दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गर्न अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया जारी छ ।
ओलीको मिर्गौला प्रत्यारोपणका लागि प्राडा प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ। भारतबाट आएका डा. अनन्तकुमार ‘ब्याक सपोर्ट’मा रहेका छन् ।
त्यस्तै, मेडिकल टिममा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मकुन्द काफ्ले, डा. रविन नेपालीलगायतका चिकित्सक पनि शल्यक्रियामा खटिएका छन् ।
बिहान १० बजे शल्यक्रियाका लागि ‘अपरेसन थिएटर’ लगिएका प्रधानमन्त्री ओलीको आज अपरान्ह ४ बजेसम्ममा शल्यक्रिया सकिने शल्यक्रियामा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीलाई झापा चारखालीकी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी छन् । उनलाई पनि आज प्रधानमन्त्री ओली भन्दा केहिबेर अघिमात्र अपरेसन थिएटरमा लगिएको थियो ।
मिर्गौला दान संग्रौलाले आफूले प्रधानमन्त्री ओलीका लागि नभई भोलिको नेपालका लागि मिर्गौला दान गरेको बताएकी थिइन ।
अस्पताल र आसपासमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। अस्पतालका छतमा समेत सुरक्षाकर्मी तैनाथ छन् ।
प्रधानमन्त्रीको अपरेसन चलिरहँदा त्रिवि शिक्षण अस्पतालमा शुभेच्छुकहरुको भीड लागेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।