add

भारत भ्रमणमा आइपुगे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प






ActPro Nepal

|

१२ फागुन, २०७६

|
960

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा   दुई दिने   भारत भ्रमणका लागी  सोमबार  भारत पुगेका छन् । 

ट्रम्पसँगै  भारत भ्रमणका क्रममा उनकी पत्नी मेलानिया र छोरी इवान्का पनि रहेका छन् ।

ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुगेका छन् । प्रधानमन्त्री मोदीले एयरपोर्टमा प्रोटोकल तोडे र राष्ट्रपति ट्रम्पलाई स्वागत गरे। राष्ट्रपति  ट्रम्पलाई  एयरपोर्टमा गुजरातको परम्परागत लोक संगीतको प्रस्तुतीकरणमा  सहित  स्वागत गरिएको थियो  ।

भारतमा अवतरण गर्नु भन्दा केही समय पहिला अमेरिकी राष्ट्रपति ट्रम्पले हिन्दी भाषामा ट्वीट गरेका थिए ।

‘हम भारत आने के लिए तत्पर हैं । हम रास्ते मे हैं कुछ ही घंटो मे्र हम सबसे मिलेंगे १’ उनले ट्वीटमा लेखेका थिए ।

ट्रम्पको भ्रमणका लागि स्वरुप भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.