add

पूर्वसभामुख महराविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै






ActPro Nepal

|

४ फागुन, २०७६

|
942

काठमाडौं । प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दायर भएको जबर्जस्ती करणी उद्योग मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।  

महराविरुद्ध संसद सचिवालयमा कार्यरत एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा उनीविरुद्ध गत कात्तिक १४ गते काठमाडौँ  जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

आइतबार पहिलो पटक पेशीमा चढेको महराविरुद्धको मुद्दामा सरकारी वकिलका तर्फबाट ५ जनाले बहस गरेका छन्।  

अभियोगसँग सम्बन्धित प्रमाण संकलनको कार्य सकिएसँगै काठमाडौं जिल्ला अदालतमा मुख्य न्यायाधीश अम्बरराज पौडेलको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको हो।

अदालतले पहिलो सुनुवाइ गर्दै महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । पाटनले पनि धरौटीमा रिहा गर्न अस्वीकार गर्दै एक महिनाभित्र फैसला गर्न जिल्ला अदालतको नाममा आदेश गरेको थियो ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.