add

नेपालका उपराष्ट्रपतिको सल्लाहकार हुँ भन्दै भारतमा सुविधा लिन खोज्ने पक्राउ






ActPro Nepal

|

१८ माघ, २०७६

|
657

भारत–  नेपालका उपराष्ट्रपतिको सल्लाहकार हुँ भन्दै भारतमा सुविधा लिन खोज्ने एक गिरोहलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । 

पक्राउ पर्नेमा महावीर प्रसाद तोरडी, प्रमोद शर्मा र कुलदीप शर्मा रहेका छन् ।

पक्राउ परेका तीन जनाले आफूहरु नेपालका उपराष्ट्रपतिको सल्लाहकार रहेको भन्दै भारतमा सरकारी सुविधा र भीभीआईपी सुविधा लिन खोजेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विहीवार सरकारी नम्बर प्लेटको कारबाट उज्जैन पुगेका तीन जनाले सर्किट हाउमा कोठा बुक गराएका थिए ।

तीन मध्ये एक जना महावीर प्रसाद तोरडीले आफूलाई नेपालका उपराष्ट्रपतिका सांस्कृतिक सल्लाहकार बताएका थिए । त्यस्तै अर्का प्रमोद शर्मा नाम गरेका व्यक्तिेले आफूलाई पूर्व सल्लाहकार बताएका थिए भने अर्का व्यक्ति कुलदीप शर्माले आफ्नो परिचय निजी सचिवको रुपमा दिएका थिए ।

सर्किट हाउस बसेका उनीहरुमाथि जब शंका लाग्यो त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी टोलीले नेपाल सरकारको आधिकारिक कागजात मागेपछि उनीहरुले केही भिजिटिङ कार्ड दिएका थिए ।

नेपालका उपराष्ट्रपतिको सचिवालयको व्यक्ति भएको बताउने केही कागजपत्र पनि उनीहरुले प्रहरीलाई दिएका थिए ।

तर प्रहरी जाँच पछि उनीहरुले दिएको कागजपत्र नक्कली भएको फेला पर्‍यो । नेपालको उपराष्ट्रको सचिवालयमा यी नाम भएका कोही पनि सरकारी अधिकृत नभएको बारे भारतीय प्रहरीले पत्ता लगायो ।

आखिरमा उनीहरु तीनै जना राजस्थानका बासिन्दा रहेको तथ्य फेला पर्‍यो ।यसपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग नेपाली नम्बरप्लेट रहेको गाडी समेत रहेको समाचारमा जनाइएको छ ।

अनुसन्धानका क्रममा उनीहरुले प्रहरीसँग आफूलाई उच्च ओहोदाको व्यक्तिको रुपमा प्रस्तुत गरेर महाकाल मन्दिरमा भीभीआइपी दर्शन सुविधा लिन चाहेको बताएका थिए ।

उज्जैन भन्दा पहिला तीन जनाले आग्राको नलखेडामा रहेको प्रसिद्ध बगलामुखी माताको दर्श पनि भीभीआइपी कोटाबाट गरेका थिए र उनीहरुले अन्य सुविधा पनि लिएका थिए । नक्कली कागजात पेश गरेर उनीहरुले भीआइपी सुविधा लिएको तथ्य प्रहरीले फेला पारेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.