add

चीनले नेपाली नागरिकको जीवनरक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गर्ने : राजदूत हाेउ यान्छी






ActPro Nepal

|

१८ माघ, २०७६

|
1253

काठमाडौं -नेपालस्थित चिनियाँ दूतावासले कोरोना भाइरसबाट नआत्तिन आग्रह गर्दै चीनमा रहेका नेपाली नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गर्ने जनाएको छ 

काठमाडौं स्थिति चिनियाँ दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकको जीवनरक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गर्ने जनाएको छ।

दूतावासले उनीहरूको बैधानिक अधिकार र हित संरक्षण गर्न चीन सक्रिय भूमिका निभाउने बताएको छ। सरकारले चीनमा रहेका नेपालीका विषयमा चासो राखिरहेका बेला दूतावासले उनीहरुलाई आवश्यक हरेक किसिमका सहयोग गर्न तयार रहेको भन्दै मेडिकल केयरको ग्यारेन्टी गरेको जनाएको छ।

यससम्बन्धी कुनै आवश्यकता परेमा नेपाली पक्षले समयमै नेपालस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग सम्पर्क र संवादमा रहन सक्ने दूतावासले जनाएको छ।

कोरोना भाइरस फैलिएको चीनको वुहानमा रहेका नेपालीले अन्य देशलेजस्तै नेपाल सरकारले आफ्ना नागरिकको उद्धार गर्नु पर्ने आवाज उठाइरहेका बेला दूतावासले भने स्वास्थ्य उपचारको सुनिश्चितता गरेको हो। वुहान र चीनका अन्य शहरमा रहेका केही नेपालीले उद्धार गरी आफुहरूलाई नेपाल फर्काउन माग गर्दै आएका छन्।

चिनियाँ दूतावासले विज्ञप्तीमा कोरोना भाइरसको महामारी फैलिनबाट रोक्न नेपालस्थित डब्लूएचओलाई नेपाली पक्षबाट भएको सहयोगका लागि प्रशंसा पनि गरेको छ।

हालै सिर्जित नयाँ परिस्थितिका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा असर पर्नसक्ने बताउँदै चीनले यो महामारी नियन्त्रणमा आएपछि भने धेरै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्दै नेपाल भ्रमण वर्ष २०२० मा योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.