add

नेपाल चिकित्सक संघको मतदान आज






ActPro Nepal

|

१७ माघ, २०७६

|
1134

काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि शुक्रबारबाट मतदान हुँदैछ ।

संघको केन्द्रीय कार्यालयमा हुने मतदान २१ माघ सम्म गर्न पाइने छ । 

नयाँ कार्यसमितिका लागि डा। लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समूह र डा। पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेसागत समूह मुख्य प्रतिस्पर्धामा छन् ।   

लोकतान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा डा। शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा। अनिलविक्रम कार्की, महासचिवमा डा। बद्री रिजाल, कोषध्यक्षमा डा।प्रकाश बुढाथोकी, सहकोषाध्यक्षमा डा। विश्वराज दवाडी र सहसचिवमा डा। निरजकुमार सिंह मैदानमा छन् ।

लोकतान्त्रिक समूहबाट डा। विक्रान्त ढकाल, डा। विपेश आचार्य, डा। नन्दकुमारी गुरुङ, डा। प्रमोद जोशी, डा। रितेश थापा र डा। सञ्जिव तिवारी छन् ।

त्यस्तै, प्रगतीशील समूह, वरिष्ठ उपाध्यक्षमा डा। रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा। रञ्जितकुमार झा, महासचिवमा डा। मधुर बस्नेत, कोषाध्यक्षमा सुरुमा स्वतन्त्र उमेदवारी दिएका डा। सञ्जितकुमार साह छन् । 

अन्य प्रतिस्पधाभन्दा पनि महासचिवका लागि हुने मतदान यसपटक रोचक हुने देखिन्छ । महासचिवमा चार जना चिकित्सकको प्रतिस्पधा रहेको छ । जसमा दीपेन्द्र पाण्डे, बद्री रिजाल, अजयकुमार मिश्र र मधुर बस्नेत रहेका छन् । भने डा। मिश्र र डा। पाण्डे स्वतन्त्र उम्मेदवार हुन् भने रिजाल लोकतान्त्रिक र बस्नेत समावेशी पेसागत समूहका हुन् ।

चिकित्सकको व्यस्त कार्यतालिका मिलाएर मतदान सहज होस् भन्ने उद्देश्यले पाँच दिनसम्म मतदान गर्न पाइने व्यवस्था गरिएको निर्वाचन समितिका सदस्य डा। नवीन्द्र विष्टले बताए ।

उपत्यकाभित्र करिब ७ हजार मतदाता रहेका छन् । गत माघ ४ र ५ गते संघका उपत्यकाबाहिरका १६ शाखामा मतदान भएको थियो । जसमा २ हजार ८ सय हाराहारी मत गरेको थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.