add

प्रहरीद्वारा फिल्मी शैलिमा गाँजा तस्करलाई गोली प्रहार गरी पक्राउ






ActPro Nepal

|

१५ माघ, २०७६

|
1049

मकवानपुरमा नेपाल प्रहरीले  फिल्मी शैलिमा गाँजा तस्करलाई  गोली प्रहार गरी पक्राउ गरेको छ । 

 थानाभर्‍याङमा गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरी तीन जना गाँजा तस्करलाई नियन्त्रणमा लिएको ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार पक्राउ परेकाहरुमा एक महिला र दुई पुरुष रहेका छन् ।

पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका अजयमल सवारी, सञ्जीव पासवान र जाहेरा खातुन रहेका छन् । त्यस कारबाट करिब ३० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.