प्रहरीले गायिका आस्था राउतलाई चार दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएको छ ।
काठमाडौंका प्रजिअ जनकराज दाहालले राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिइएको बताए। आस्थाले गत माघ १ मा विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवाद सार्वजनिक भएको थियो । महिला कर्मचारीले अभद्र व्यवहारको निवेदन दिएपछि प्रहरीले पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयसँगै पकाउ पुर्जी जारी गर्न माग गरिएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।