नुवाकोट, १३ माघ । माघ ३ गतेदेखि गोसाइँकुण्ड पदयात्राका क्रममा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौ जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अबस्थामा भेटिएका छन् ।
हराएका व्यक्तिको खोजीको लागी दुप्चेश्वर गाउँपालिका मार्फत परिचालन गरिएको पर्यटक गाइड समेत रहनुभएका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव भेट्टाएको हो ।
हराएका युवाको खोजीको लागी गाउँपालिका, प्रहरी, स्थानीयबासी एवम् आफन्तले हेलिकोप्टरको समेत प्रयोग गरेपनि अवस्था थाहा हुन सकेको थिएन ।
उनीहरुको खोजीको लागी गाउँपालिकाले रु एक लाख उपलब्ध गराउने जनाएपछि परिचालन भएका मध्ये लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मीको समूहले फेदीको खोँच स्थित हिउँमा पुरिएको अबस्थामा दुबैजनाको शव बरामद गरेको हो ।
शव परीक्षणको लागी हेलिकोप्टर मार्फत काठमाडौ पठाईएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।