add

गल्छी–त्रिशुली सडकखण्डको मुअब्जा दिन प्रधानमन्त्रि केपी शर्मा ओलाीको ध्यानाकर्षण






ActPro Nepal

|

९ माघ, २०७६

|
1718

राष्ट्रिय गौरबको आयोजनाको रुपमा निर्माण हुँदै आएको गल्छि त्रिशुली सडक आयोजनाले मुआब्जा नदिएको बताउदै नुवाकोटका जनप्रतिनिधिले उपप्रधान एवं रक्षामन्त्रि ईश्वर पोखरेल मार्फत प्रधानमन्त्रि केपी शर्मा ओलाीको ध्यानाकर्षण गराएका छन ।

नुवाकोटबाट निर्बाचित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, बिदुर नगरपालिकाका प्रमुख सहितको टोलिले रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् । गल्छि त्रिशुली आयोजनाले विदुर नगरपालिकाको  वडा नम्बर ५ पिपलटार देखि वडा नम्बर १ ढुङगेसम्मका आयोजना प्रभावितहरुलाई मुआब्जा दिन नमिल्ने बताउदै आएको छ । बालाजुदेखि ढुङ्गेसम्म सहायक राजमार्ग घोषणा भएको भन्दै अहिले गल्छी त्रिशुली सडकमा परेकोले त्यस क्षेत्रमा मुआब्जा दिन नमिल्ने आयोजनाले बताउदै आएको छ । आयोजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिकरण गरिएको जग्गाको मुआब्जा नदिने बताएपछि पिपलटार देखि ढुङ्गेसम्मका स्थानियहरु आक्रोशित भएका छन ।

आयोजनले विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने बताएको छ । एउटै आयोजनामा कसलाई मुअब्जा दिने कसैलाई नदिने गर्न नपाउने बताउदै बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले राज्यले सबै नागरिकहरुलाई एकै ब्यबहार गर्न रक्षामन्त्री पोखरेल समक्ष आग्रह गर्नुभएको छ ।

ज्ञापनपत्र बुझ्दै रक्षामन्त्री पोखरेलले बिकास निर्माणको कार्यमा स्थानिय नागरिक देखि सरोकारवाला निकाय सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ  । भेटका क्रममा उपप्रधानमन्त्रि पोखरेलले भौतिक तथा निर्माण मन्त्रालय माफर्तत छिट्टै आयोजनाको वस्तुतिस्थति बुभ्ने बताएको भेटमा सहभागि भएका विदुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गणेशकुमार नेपालले बताउनुभयो । भेटमा त्रममा कुरा सकारात्मक रुपमा अघि बढेको नेपालले जानकारी दिनुभयो ।

यसअघि गत वर्ष गल्छी–त्रिशुली सडकअन्र्तगतका मुअब्जा पिडितहरुले गतवर्ष प्रधान्मँित्र कार्यालयमार्फत मुअब्जाको लागि पहल गरिदिन प्रधानमन्त्रिको ध्यानाकर्षण गराएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.