add

एनआईसी एशियाको नाफा २ अर्ब नाघ्यो,अधिकांश परिसूचक उत्साहजनक






ActPro Nepal

|

७ माघ, २०७६

|
1225

काठमाडौं  । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। सार्वजनिक विवरण अनुसार  बैंकको नाफा  २ अर्ब नाघेको छ। विवरण अनुसार बैंकका अधिकांश परिसूचकहरु उत्साहजनक रहेको बैंकले जनाएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा एनआईसी एसिया बैंकले २ अर्ब १ करोड खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ९० करोड संचालन मुनाफामा कमाएको हो । बैंकले गत बर्ष सोहि अवधिको तुलनामा बैंकको संचालन मुनाफा ३६ प्रतिशत अर्थात् ७७ करोडले बढेको हो ।

त्यसै गरी बैंकको खुद नाफा अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ३३ प्रतिशत अर्थात् ५० करोडले बढेको हो । गत बर्ष सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ५१ करोड रहेको थियो ।

बैंकले यो अवधीमा एक खर्ब ७८ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ५१ अर्ब कर्जा लगानी गरेको छ र सिडी रेसियो ७८।१८ प्रतिशत कायम गराएको छ । बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ६४ करोड रुपैयाँ गरेको देखिन्छ । ।

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि भई ४१।६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि भई २५।१७ प्रतिशत पुगेको छ ।

बैंकले ३१३ शाखा, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.