add

धेरै रेमिट्यान्स भित्राउने ग्लोबल आइएमई बैंक र आइएमई लिमिटेड सम्मानित






ActPro Nepal

|

१५ वैशाख, २०८१

|
63

काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै रेमिटेन्स भित्र्याउने कम्पनीलाई सम्मानित गरेको छ ।

राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा बढी रेमिट्यान्स भित्र्याउने तीन बैंक र तीन रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । राष्ट्र बैंकले बैंकतर्फ सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक र रेमिट्यान्स कम्पनीतर्फ आइएमई लिमिटेडलाई सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० मा बैंकतर्फ बढी रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंकले कुल विप्रेषणमा २१.१ प्रतिशत र आइएमई लिमिटेडले रेमिट्यान्स कम्पनीमार्फत् सबैभन्दा बढी २७.५ प्रतिशत भित्र्याएको छ ।

बैंकहरूमार्फत आउने रेमिट्यान्समध्ये नेपाल एसबीआई बैंकले १९.१ प्रतिशत र हिमालयन बैंकले २०.६ प्रतिशत भित्र्याएको हो । त्यस्तै, बैंकबाहेकका रेमिट्यान्स कम्पनीहरूमा इसेवाले १२.१ प्रतिशत र सीटी एक्सप्रेसले १४.९ प्रतिशत रेमिट्यान्स भित्र्याएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.