add

अर्थमन्त्री पुन अमेरिका प्रस्थान






ActPro Nepal

|

३ वैशाख, २०८१

|
113

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन तीन दिने भ्रमणका लागि सोमबार अमेरिका प्रस्थान गरेका छन् । 

त्यहाँ हुन लागेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा सहभागी हुन मन्त्री पुनसहितको नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको हो । 

उनीहरु सोमबार विहान राति २ बजे कतारवेजको जहाजमार्फत् वासिङटन डिसीका लागि उडेका हुन् । टोलीमा मन्त्री पुनसहित अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भुपालराज शाक्य छन् । 

भ्रमणका क्रममा मन्त्री पुनले अमेरिकामा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसहित विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.