add

एनआईसी एशिया बैंकले ३०.५३ प्रतिशत लाभांश दिने






ActPro Nepal

|

१ असोज, २०८०

|
302

काठमाडौं । एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको भदौ २८ गते बसेको बैठकले सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.५२ प्रतिशत नगद गरी कुल ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले दुई आर्थिक वर्षपछि सेयरधनीलाई लाभांश घोषणा गरेको हो । आव २०७६/७७ मा २० प्रतिशत लाभांश दिएको बैंकले त्यस यता नियामकीय प्रावधान पूरा गर्न नसक्दा लाभांश बाँड्न पाएको थिएन ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

हाल ११ अर्ब ५६ करोड चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि १४ अर्ब ९१ करोड पुग्ने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.