add

विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, १२ महिनाको आयात धान्ने






ActPro Nepal

|

३१ भदौ, २०८०

|
409

काठमाडौं । काठमाडौं । विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तथ्यांक अनुसार कुल विदेशी मुद्रा संचिति १५ खर्ब ७३ अर्ब पुगेको छ ।

यो राष्ट्रिय ढुकुटीमा जम्मा भएको हालसम्मकै धेरै विदेशी मुद्रा हो । यसअघि गत असारमा सबैभन्दा धेरै १५ अर्ब ३९ करोड रुपैयाँ विदेशी मुद्रा संचिति थियो ।

विदेशी पर्यटकको आवगमन बढ्दा र आयात घट्दा विदेशी मुद्रा संचितिमा सुधार आएको हो । गत असारको तुलनामा साउनमा विदेशी मुद्रा संचिति २.२ प्रतिशतले बढेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग १३ खर्ब ८५ अर्ब र बैंक तथा वित्तीय संस्थासँग १८७ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

साउन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

डलर संचिति लगातार दशौं महिना बढ्यो

विदेशी मुद्रासँगै अमेरिकी डलर संचितिमा लगातार सुधार आएको छ । रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्दा डलर संचितिमा सुधार आएको हो ।

गत आवको असोजदेखि डलर संचितिमा लगातार सुधार आएको छ । पछिल्लो एक महिनामा मात्रै राष्ट्रिय ढुकुटीबाट १२ करोड डलर थपिएको ।

राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म डलर संचिति ११ अर्ब ८५ करोड पुगेको छ । यो पछिल्लो २६ महिना यताकै धेरै हो । यसअघि सन् २०२१ को मेमा ११ अर्ब ८६ करोड डलर संचिति थियो ।

गत वर्ष असोजदेखि लगातार दशौंं महिना डलर संचितिमा सुधार आएको हो । राष्ट्रिय ढुकुटीमा असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ४८ करोड, माघमा २० करोड, फागुनमा १९ करोड, चैतमा २५ करोड, वैशाखमा २७ करोड, जेठमा ९ करोड र असारमा ४३ करोड डलर थपिएको थियो ।

सरकारले डलर संचिति घटेको भन्दै २०७८ चैतदेखि वर्षदेखि विभिन्न विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, गत पुसदेखि सरकारले आयात खुलाए पनि त्यसका बाबजूद डलर संचितिमा लगातार सुधार आएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.