काठमाडौं । नबिल बैंकले महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । यस अफर अन्तर्गत महिला ग्राहकले ‘नबिल प्रिमियम नारी बचत खाता’ खोल्दा पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
साथै, पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गतग ग्राहकले असोज १५ गतेसम्म खाता खोली तोकिएका सुविधा प्रयोग गर्न सक्नेछन् ।
नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६५ शाखा र २९८ एटीएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।