add

शिखर इन्स्योरेन्सको नाफामा उछाल, प्रतिशेयर आम्दानी १५.१९ रुपैयाँ






ActPro Nepal

|

३० साउन, २०८०

|
159

काठमाडौं । शिखर इन्स्योरेन्सको खुद नाफामा उछाल आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४६.५६ प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्म इन्स्योरेन्सले ४० करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा १३ करोड बढी हो । कम्पनीले अघिल्लो वर्ष २७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद बीमाशुल्क र खुद आम्दानी बढेसँगै कम्पनीले नाफामा ठूलो फड्को मारेको हो । समीक्षा अवधिमा इन्स्योरेन्स खुद बीमा शुल्क आम्दानी २५ प्रतिशत बढेर १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बीमा शुल्क संकलन ९ प्रतिशत बढेर ५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

यस्तै, कम्पनीको यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी ४.३५ प्रतिशत बढेर २२ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्ममा इन्स्योरेन्समा कुल २९ हजार २३५ जनाबाट कुल २ अर्ब ७७ करोड २५ लाख रुपैयाँ बराबरको दाबी परेको छ। सोमध्ये कम्पनीले हालसम्ममा १२ हजार २८ जनाको १ अर्ब ८८ करोड २६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।

हाल २ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५९ करोड ६९ लाख रुपैयाँ संचित छ । त्यस्तै, बीमा कोषमा १ अर्ब ५३ करोड र महाविपत्ति कोषमा १४ करोड ५८ लाख रुपैयाँ छ ।

खुद नाफा बढेुसँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १२.०३ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३.१५ रुपैयाँ बढेर १५.१९ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १८५.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५५.६४ गुणा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.