add

माछापुच्छ्रे बैंकको खुद नाफामा सुधार, प्रतिसेयर आम्दानी १८.०५ रुपैयाँ






ActPro Nepal

|

१७ साउन, २०८०

|
144


काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफामा सुधार आएको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ ९.७५ प्रतिशतले बढेको छ ।

बैंकले गत असार मसान्तसम्म १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७ करोड बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको ब्याज आम्दानी, संचाालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यसैगरी, बैंकको सञ्चालन मुनाफा ९.९१ प्रतिशतले बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल १० अर्ब २५ करोड चुक्ता पूँजी रहेको बैंकको सेयर प्रिमियममा ३ करोड ८ लाख, रिटेन्ड अर्निङ १ अर्ब ५६ करोड र जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई १५.२९ प्रतिशत लाभांश बाँड्न पुग्छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १६.४४ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी १.६० रुपैयाँ बढेर १८.०५ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५९.१ रुपैयाँ, खराब कर्जा २.१२ प्रतिशत, मूल्य आम्दानी अनुपात १२.८४ प्रतिशत, बेसरेट १०.७४ प्रतिशत र सीसीडी रेसियो ८०.६४ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.