add

१३ प्रतिशतले घट्यो व्यापार घाटा, निर्यात ६५ अर्बमा सीमित






ActPro Nepal

|

१३ कार्तिक, २०७९

|
306

काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो तीन महिनामा देशको व्यापार घाटा १३.१३ प्रतिशतले घटेको छ। सरकारले आयात कम गर्ने भन्दै गाडीलगायतका विभिन्न वस्तुको आयात बन्द गरेका कारण व्यापार घाटा कम भएको हो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ५९ अर्ब रुपैयाँ व्यापार घाटा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब १३ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो।

चालु आर्थिक वर्षको तीन महिनामा १६.२० प्रतिशतले आयात घटेर ४ खर्बमा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ७८ अर्ब रुपैयाँ आयात भएको थियो।


त्यसैगरी निर्यात पनि करिब ३६ प्रतिशत (३५.७१%)ले घटेको भन्सार विभागले जनाएको छ। असोज मसान्तसम्ममा नेपालबाट ४१ अर्ब रुपैयाँको निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६५ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.