काठमाडौं । एनएमबी बैंक लिमिटेडले विद्युतीय गाडीहरूमा न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङ्गसंग सहकार्य गरेको छ ।
यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्दछ । जसमा ८० प्रतिशत फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ ।
वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेकोे छ । जसमा न्यून ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरू समावेश गरिएको छ ।
एनएमबीको यस कर्जा योजना, व्यवसाय संगसंगै वातावरणीय दायित्व पूरा गर्नेे सचेत प्रयास पनि हो । यो योजनाले नेपालकै विद्युतलाई सदुपयोग हुने लक्ष्य लिइएको छ ।
‘यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने छ, बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एनएमबीले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।