add

राधी विद्युतको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन् ?






ActPro Nepal

|

५ असोज, २०७९

|
455

काठमाडौं । राधी विद्युत् कम्पनीले आज (असोज ५ गते)देखि हकप्रद सेयर विक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १४७ प्रतिशत अर्थात् १:१.४७५२ अनुपातमा हकप्रद खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरेको थियो। सो अनुसार १० गते (शुक्रबार)सम्म कायम सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले हकप्रदमा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालय, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा असोज २५ गतेसम्म आवेदन दिन पाइने छ ।

कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर त्रिपल बी माइनस रेटिङ’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ।

हाल ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ चुक्ता पूँजी रहेको राधीको हकप्रदपछि १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ रुपैयाँ पुग्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.