add

विदेशी फलफूलको आयात उच्च,एघार महिनामा करिब सोह्र अर्बको फलफूल आयात






ActPro Nepal

|

१४ असार, २०७९

|
596

काठमाडौं । सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालु आर्थिक वर्षको  एघार महिनामा १६ अर्ब २१ मूल्य बराबरको फलफूल आयात भएको छ ।

कृषि प्रधान मुलुक भनेर चिनिने नेपालमा कृषिजन्य वस्तुको यो आयात अवस्था अत्यधिक हो । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार  चालू आवको जेठ मसान्तसम्म रु छ अर्ब ६५ करोड ११ लाख ९९ हजार मूल्य बराबरको आठ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु ६३ करोड ५८ लाख ७८ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ ।

स्याउ चीनबाट सबैभन्दा धेरै भित्रिएको तथ्याङ्कमा उल्लेख छ । चीनबाट मात्र रु पाँच अर्ब ४८ करोड ८० लाख १७ हजार बराबरको स्याउ आयात भएको छ ।

त्यस्तै भारतबाट रु एक अर्ब १५ करोड ५९ लाख ८३ हजार, अमेरिकाबाट रु ४४ लाख १३ हजार, टर्कीबाट रु २६ लाख २५ हजार र गिनी बिसाउबाट रु एक लाख ६१ हजार बराबरको स्याउ आयात भएको विवरणमा उल्लेख छ ।

चालु आवको जेठ मसान्तसम्म रु दुई अर्ब १९ करोड ५३ लाख ३५ हजारको तीन करोड २१ लाख ३१ हजार ७९२ किलो अङ्गुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु ११ करोड ११ लाख ७४ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।

नेपालीले ११ महिनाको अवधिमा रु एक अर्ब ५७ करोड ४७ लाख ५३ हजार बराबरको केरा आयात गरेको छ । चालु आवको जेठ मसान्तसम्म कूल छ करोड २१ लाख ६३ हजार ९८८ किलो केरा आयात भएको छ । त्यसबाट सरकारले रु १९ करोड १२ लाख तीन हजार राजस्व सङ्कलन गरेको छ ।

विभागको विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । एघार महिनाको अवधिमा मात्रै रु एक अर्ब २४ करोड ८६ लाख २१ हजार बराबरको दुई करोड २८ लाख चार हजार १७३ किलो सुन्तला आयात भएको छ ।

त्यस्तै जेठ मसान्तसम्म एक करोड चार लाख ८४ हजार १०१ किलो अनार आयात भएको छ । त्यसका लागि रु एक अर्ब नौ करोड तीन लाख ९८ हजार रकम बाहिरिएको छ । यस्तै खरबुजा एक करोड ९७ लाख ३९ हजार २७७ किलो आयात भएको छ । खरबुजाको आयात मूल्य रु ५१ करोड ३१ लाख ९१ हजार बराबर छ ।

नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार चालु आवको ११ महिनामा ६६ लाख ४४ हजार १६१ किलो मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य रु २३ करोड ४० लाख दुई हजार बराबर छ ।

यस अवधिमा २१ लाख ९४ हजार १९९ किलो नास्पाती रु १५ करोड आठ लाख ३९ हजार बराबरको आयात भएको छ भने २६ लाख ८५ हजार ६९१ किलो भुँइकटहर ९ताजा र सुकेका० रु १२ करोड चार लाख ६२ हजारको आयात भएको छ ।

अम्बा र आँप रु ७१ करोड ७५ लाख ९४ हजार बराबरको आयात भएको देखिन्छ । दुई लाख ४५ हजार ८६९ किलो एभोगाडो रु छ करोड ९१ लाख बराबरको आयात भएको छ भने व्यावसायिकरुपमा मुलुकमै खेती गरिने किबी रु छ करोड २२ लाख ६९ हजार बराबर मूल्यमा तीन लाख ३५ हजार ५४७ किलो आयात भएको छ ।

चालु आवको समीक्षा अवधिमा नौ लाख ९१ हजार २२८ किलो लिची रु तीन करोड ८७ लाख ६६ हजार मूल्यमा आयात भएको छ । उल्लेखितबाहेक अन्य ताजा तथा सुकेका फलफूल करोडौँ मूल्यमा आयात भएको विभागले सार्वजनिक विवरणमा उल्लेख छ ।

नेपाली अर्गानिक स्याउको ब्राण्डिङको अभावमा विदेशी स्याउ आयात बढेको जानाकारहरुले बताएका छन् ।

फलफूल व्यवसाय खाद्य पोषण सुरक्षाका दृष्टिले मात्र नभई रोजगारी, निर्यात व्यापार र विदेशी मुद्रा आर्जन गर्न सकिने भए पनि सरकारको दीर्घकालीन रणनीति बनाउन नसक्दा फलफूलमा विदेशको भर पर्नुपर्ने अवस्था छ।

नेपालको भौगोलिक विविधता र हावापानीको विशिष्टताका कारण संसारको हरेक कुनामा उत्पादन गर्न सकिने फलफूलहरु नेपालमा उत्पादन गर्न सकिने भए पनि फलफूल उत्पादन वृद्धि हुन सकेको छैन।

सरकारले फलफूल विकासका लागि फलफूल विकास निर्देशनालय बनाए पनि अपेक्षित काम गर्न सकेको छैन। दीर्घकालिन कृषि योजनाले स्याउ, सुन्तलाजात लगायतका फलफूललाई उच्च मूल्यवान बालीको रुपमा लिए पनि परिणाम आउन सकेको छैन।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.