add

नेपाली सेयर बजारको कारोबार रकममा भारी गिरावट, एकैदिन साढे ४ अर्ब घट्यो






ActPro Nepal

|

३ असार, २०७८

|
551

काठमाडौं । सेयर कारोबार रकममा भारी गिरावट आएको छ । सूचकमा ठूलो गिरावट नआए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको हो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब साढे ४ अर्बले घटेर करिब ११ अर्बम सीमित भएको छ । महँगोमा सेयर किनेका लगानीकर्ता सम्हालिँदा सूचकमा भने ठूलो गिरावट नआएको हो ।

मंगलबार नेपाल धितोपत्र बोर्डको लगानीका लागि जोखिमपूर्ण भन्दै ५१ कम्पनीको नामावली सार्वजनिक गरेपछि हिजो एकै दिन नेप्से ५२ अंकले घटेको थियो । आज सूचक थामिए पनि कारोबार रकम झन्डै एकतिहाइले घटेको छ ।

आज सेयर बजार मापक सूचक नेप्से १.३० अंकले घटेर २९६८.४२ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको १० अर्ब ९० करोड ५८ लाख रुपैयाँ बढीको २ करोड ३ लाख ६५ हजार बढी कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूहकोे परिसूचक सबैभन्दा धेरै २.०१ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स १.२१ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २२३ कम्पनीमध्ये ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ७७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल हाइड्रो ३० करोड र नेपाल इन्स्योरेन्स २७ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

घट्दो बजारमा आज खानीखोला हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ७.४२ प्रतिशत कमाएका छन् । यस्तै, नेपाल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र सोल्टी होटलका सेयरधनीले ५ प्रतिशत बढी कमाएका छन् ।

झिनो अंकले घटेको बजारमा सीईडीबी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ६.५५ प्रतिशत गुमाएका छन् । यस्तै, छ्याङ्दी हाइड्रोपावर, ङादी ग्रुप र माउन्टेन इनर्जीका सेयरधनीले ३ प्रतिशत बढी गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.