काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा रासायनिक मल युरिया आपूर्ति नगर्ने ठेकेदार कम्पनी सैलुङ इन्टरप्राइजेजलाई कालोसूचीमा राखेको छ । गत फागुन २२ मा पनि कार्यालयले कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको थियो । तर कालोसूचीमा परेको एक वर्ष नबित्दै सैलुङ फेरि कालोसूचीमा परेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटीका नामबाट बढी चिनिने शारदा अधिकारीको यो कम्पनी सार्वजनिक खरिदको क्षेत्रमा बदनाम छ । राजनीति शक्तिका आडमा उनले ठूला ठेक्का हात पार्ने र समयमा काम सम्पन्न नगरी अलपत्र पार्ने गरेको आरोप छ ।
२०७६ माघ २८ मा खुलेको युरिया मलको ठेक्का सैलुङले हात पारेको थियो । ३० हजार टन युरिया समयमा ल्याउनुपर्नेमा सैलुङले समयमा ल्याउन सकेको थिएन । ठेकेदारहरूले समयमा मल नल्याउदा खेतीमा किसानहरूले प्रायः समस्या भोग्नुपर्ने बाध्यता छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।