add

नेप्से परिसूचक ११.३० अंकले बढ्यो, ९१ करोड बढि कारोबार






ActPro Nepal

|

२५ साउन, २०७७

|
527

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक १.२९ अंकले घटेर बन्द सेयर बजारले आइतबार भने गति लिएको छ । साताको पहिलोदिन बजार हरियाली भएर बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक ११.३० अंकले बढेर १३९२.६८ बिन्दुमा पुगेको छ । यसदिन १८७ कम्पनीको ९१ करोड १६ लाख ४० हजार ७४० रुपैयाँ बराबरको कारोबार भएको छ । ३० लाख ३० हजार ३१३ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ११ समूहको परिसूचक उकालो लागेको छ भने १ समूहको परिसूचक घटेको छ । आइतबारको बजारमा हालै नेप्सेमा सूचीकृत भएका दुई नयाँ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

अजोड इन्स्योरेन्स र साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.८८ र ९.८२ प्रतिशतले बढेर सर्किट लागेको हो । यी दुईको सेयर मूल्य क्रमशः प्रतिकित्ता ४ सय ६७ र ४ सय ३६ रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.