add

आठ अर्बको आईपीओ निष्काशन गर्दै गरेको बैंकको नाफा पौने ८५ करोड






ActPro Nepal

|

१९ साउन, २०७७

|
726

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षमा २०७६/७७ मा ८४ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.४० प्रतिशत बढी हो ।

अघिल्लो वर्ष यसैअवधिमा बैंकले ६७ करोड १ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबैमा सुधार आएपछि खुद नाफा पनि बढेको हो । असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १ अर्ब १० करोड १६ लाख रुपैयाँ रहेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.६० प्रतिशत बढी हो ।

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ७१ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६ पैसा कायम भएको छ । यसको प्रतिसेयर आम्दानी आम्दानी ७ रुपैयाँ ०६ पैसा छ । जगेडा कोषमा १ अर्ब ६३ करोड ६७ लाख ९९ हजार रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीआ) बिक्री गर्ने तयारीमा रहेको यस बैंकको चुक्ता पूँजी असार मसान्तसम्ममा १२ अर्ब रुपैयाँ रहेको छ । सो अवधिसम्ममा बैंकको जगेडा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ सञ्चित छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २५ करोड निक्षेप संकलन गरी ५७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यसबापत बैंकले १ अर्ब २३ करोड ६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.४९ प्रतिशत बढी हो ।

नेपाल सरकारको समेत लगानी रहेको इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । बैंकले निष्काशन गर्ने आईपीओ  हालसम्म कै ठूलो हो । यसका लागि बैंकले नागरिक लगानी कोषलाई अण्डराइटर (प्रत्याभूतिकर्ता) को जिम्मेवारी पनि दिइसकेको छ । नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अधिकृत पुँजी ४० अर्ब तथा जारी पुँजी २० अर्ब रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपछि चुक्ता पुँजी पनि २० अर्ब रुपैयाँ पुर्याउने भनिएको छ ।
 
यसले ठूला जलविद्युत आयोजना, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका यसले लगानी गर्ने उद्देश्य यसले राखेको छ । यो बैंकले मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने स्रोत उपलब्ध गराउनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.