काठमाडौं। आर्थिक वर्ष २०७६/ ०७७ मा नेपालको वैदेशिक व्यापार घटेको छ।
भन्सार विभागले तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारघाटा १४.६९ प्रतिशतले घटेर ११ खर्बमा सिमित भएको हो ।
तथ्यांक अनुसार उक्त अवधिमा ११ खर्ब ९६ अर्बको आयात भएको छ। अघिल्लो आव अर्थात् २०७५/०७६ मा १४ खर्ब १८ अर्बको आयात भएको थियो।
गत आर्थिक वर्षको सुरुमा निर्यातमा बढे पनि अन्तिमतिर कोरोना महामारीको असर देखिएको हो। सुरुतिर १८ प्रतिशतसम्म बढे पनि अन्तिमतिर करिब १ प्रतिशतले निर्यात घटेको तथ्यांकले देखाएको छ।
आव २०७५/०७६ मा ९७ अर्ब १० करोड रुपैयाँबराबरको सामग्री निर्यात भएकोमा ०७६/०७७ मा ९६ अर्ब १५ करोड बराबरको मात्रै निर्यात भएको छ।
उक्त अवधिमा नेपालले ११ खर्बको व्यापारघाटा व्यहोरेको छ। गत आर्थिक वर्षमा भन्सार राजस्व लक्ष्यको ६४.४ प्रतिशत मात्रै उठेको छ । अर्थमन्त्रालयले गत आर्थिक वर्षमा ४ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, गत आर्थिक वर्षमा ३ खर्ब ५ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ ।
गत आर्थिक वर्षमा कुल आयात व्यापार १५.६३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्ब ५३ लाख रुपैयाँ बराबरको आयात भएकोमा गत आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँ बराबरको भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।