add

शेयर बजार: २ अर्ब बढीको कारोबार,नेप्से सूचकांक पोजेटिभ






ActPro Nepal

|

११ साउन, २०७७

|
1177

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सातको पहिलो दिन आज आइतबार बढेको छ । 

आज नेप्से २२.४० अंकले बढेर १ हजार ४ सय ६५ दशमलव १० विन्दुमा पुगेको छ भने २ अर्ब ९४ करोड २६ लाख ७९ हजार ३८० को शेयर कारोबार भएको छ । 

खरिदबिक्री भएका १२ उपसमूहमध्ये ३ वटा बाहेक बाँकी सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । 

आईतबार जीवन बीमा कम्पनीको परिसुचक ३३८ अंकले बढेको छ भने निर्जीवन समुहको परिसुचक २५९ अंकले उकालो लागेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि १६ दशमलव ५ अंकको वृद्धि भएको छ । तर दोहोरो अंकले बढेको बजारमा होटल, जलविद्युत र म्युचुअल फण्ड समुहका परिसुचकमा भने गिरावट आएको छ । दोहोरो अंकले बढेको बजारमा कारोबार रकम पनि २ अर्ब नजिक पुगेको छ । आईतबार नेपाल लाईफ इन्स्योरेन्सको २५ करोड ८४ लाख र नेपाल रि इन्स्योरेन्स कम्पनीको १९ करोड ९४ लाख रुपैयाँको सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब ९४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ४४ लाख ५८ हजार १५३ कित्ता सेयर १ अर्ब ९२ करोड ५१ लाख ७ हजार ३३० रुपैयाँमा कारोबार भयो। 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी २५ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भयो।

यसैगरी पुनर्बीमा कम्पनीको १९ करोड ९० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ८ करोड ५६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ८ करोड ५० लाख रुपैयाँ, एनएमबी बैंकको ६ करोड ६३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ३५ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको ६ करोड २८ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ९८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ४ करोड ८५ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको ३ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भयो। 

धेरै कमाउने र गुमाउनेहरु

आज मिर्मिरे लघुवित्तका सेयरधनीहरुले उच्च कमाए। यो कम्पनीको सेयरमूल्यमा ९.९७ अंकको बढोत्तरीसँगै पोजेटिभ सर्किट लाग्यो। यो दिन तारागाउँ रिजेन्स होटेलको सेयरमूल्य ९ प्रतिशत बढी तथा जोशी हाइड्रोपावर र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य साढे ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो।

आज बेस्ट फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आयो।


समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.