add

सुनको मूल्य कीर्तिमानी उचाईमा,कतिमा हुदैछ कारोबार ?






ActPro Nepal

|

११ साउन, २०७७

|
944

काठमाडौं । सुनको मूल्य आज (आइतबार) अहिलेसम्मकै उच्च भएको छ। 

आज(आइतबार) छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ३ सय, तेजाबी ९८ हजार ८६० तथा चाँदीको भाउ प्रतितोला एक हजार १५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

गत शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ५०० सय रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएकाले एक लाख रुपैयाँसम्म पुग्ने व्यवसायीको अनुमान छ । सरकारले सुनमा गरेको भन्सार वृद्धि र अन्तर्राष्ट्रिय बजारमा शेयर मूल्यसमेत घट्दै गएकाले सुनमा लगानी बढ्दै गएको छ । सरकारले बजेटमार्फत प्रति दशग्राम सुनमा २ हजार रुपैयाँ भन्सार बढाएको थियो ।

हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव पनि सुनको मूल्य बढ्नुको अर्को कारण रहेको जानकारहरुको भनाइ छ । अमेरिकी केन्द्रीय बैंकले बन्ड रकममा दिँदै आएको ब्याजदर घटाएकाले पनि सुनको मूल्य बढेको व्यवसायीको भनाई छ ।


समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.