add

समसामायिक विषयमा छलफल गर्न उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठक बस्दै






ActPro Nepal

|

८ साउन, २०७७

|
1043

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले महासंघको ५४ वार्षिक साधारण सभा लगायतका समसामायिक विषयमा छलफल गर्न साउन ८ गते बिहीबार पदाधिकारी बैठक बोलाएको छ ।

बिहीबार दिउँसो साढे २ बजे बस्ने महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गतेका लागि बोलाइएको वार्षिक साधारण सभा स्थगित गर्ने प्रबल सम्भावना रहेको महासंघका उच्च अधिकारीहरुले  जानकारी दिएका छन् ।

अधिकारीहरुले, 'सरकारभन्दा महासंघ ठूलो होइन, तसर्थ सरकारले जे निर्देशन दिन्छ, सोही अनुसार अघि बढ्ने निर्णय महासंघले गर्नुपर्छ । महासंघ सरकारको खिलापमा जान सक्दैन।'


सरकारले लकडाउन खुला गरेपनि सामूहिक भोज पार्टी, सेमिनार तथा सामूहिक भेला गर्न रोक लगाइरहेको अवस्था रहेकाले साउन २६ र २७ गते महासंघको साधारण सभा संचालन गर्न नसकिने अवस्था रहेकाले निर्वाचनको साधारण सभा स्थगित गर्न लागिएको ती अधिकारीले बताए ।

महासंघले भोलि साधारण सभा स्थगित गरेमा अर्को सूचना जारी भएको ३० औं दिनपछि मात्र साधारण सभा आयोजना हुनेछ । महासंघको विधान अनुसार साधारण सभा गर्नुभन्दा कम्तिमा ३० दिन अगावै सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।

यसअघि महासंघले विधान अनुसार गत चैत २८ र २९ गते साधारण सभा गर्ने तय गरेको थियो । तर, सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको लागि चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि महासंघको चुनाव सरेको थियो ।

सरकारले असार १ गतेदेखि क्रमश: लकडाउन खुकुलो बनाउँदै लगेपछि महासंघले साउन २६ र २७ गतेका लागि ५४ औं वार्षिक साधारण सभा बोलाएको थियो।

यी समाचार पढ्न छुट्नुभयो कि !

‘म काम गर्ने मान्छे छान्न प्रधानको टिममा समावेश भएको हुँ’-शेखर गोल्छा

ढकालको प्रश्न-‘वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान कसले जोगायो’ ?

चन्द्र ढकाल समूहको प्यानलसहित उम्मेदवारी घोषणा,यस्तो बन्यो टीम



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.