add

नेपाल टेलिकमको निःशुल्क ‘कल ट्रान्सफर’ सेवा, यसरी लिनुहोस् सेवा






ActPro Nepal

|

७ साउन, २०७७

|
884

काठमाडौं । नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजिकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ ।

सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी सिधै ‘कल ट्रान्सफर’ अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा जाने व्यवस्था मिलाइएको टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कल गरिएको नम्बर व्यस्त भएमा, व्यस्त हुँदा तत्काल अर्को नम्बरमा र चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ‘कल ट्रान्सफर’ गर्न सकिने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिने उनले बताए।

कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरि नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत सङ्कुचित हुनाका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएका बेला टेलिकमको यो सेवाले ग्राहकलाई राहत दिएको छ । घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई विस्तारै आत्मसात् गरिँदैछ ।

यस्तो अवस्थामा सेवाग्राहीले कार्यालय/पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट वञ्चित हुनुपर्ने पनि देखिएको छ । यस्तै असामान्य परिस्थितिमा टेलिकमले उपलब्ध गराएको ‘कल ट्रान्सफर’ सुविधाले केही राहत दिनसक्छ ।

टेलिकमका तारवाला टेलिफोनमा आउने फोन अर्को मोबाइल नम्बर, सीडीएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ । सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैँले ‘कल ट्रान्सफर’ गर्न सकिन्छ । यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन नछुटाई अर्को फोनमा उठाउन सकिन्छ ।

Call Transfer वा अन्य प्रयोजनका लागि प्रयोग हुने Lock Code ग्राहक आफैंले परिवर्तन पनि गर्न सकिन्छ । यी सुविधाहरु देशभरका नेपाल टेलिकमका Landline नम्बरहरुमा उपलब्ध छन् ।

सबै सुविधाहरु Activation / Deactivation गर्न आफ्नो एक्सचेञ्ज अनुरुप केही Keyword हरु डायल गर्नुपर्ने हुन्छ । जसको विवरण नजीकको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइट ntc.net.np बाट प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.