add

यसरी तिर्नुस् घरबाटै कर, विद्युतीय माध्यमबाटै करचुक्ता प्रमाणपत्र






ActPro Nepal

|

७ साउन, २०७७

|
856

काठमाडौं ।  विभागले राजस्व व्यवस्थापन सूचना प्रणाली अन्तर्गत नयाँ सफ्टवेयर बनाएर १ साउनबाट सन्चालनमा ल्याएको छ । महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा व्यवसाय गर्ने व्यक्तिले तोकिएको आयकर बैंकमार्फत तिर्दा आय विवरणसमेत पेश गर्न सकिने गरी नयाँ प्रणाली विकास गरिएको छ । आन्तरिक राजस्व विभागका अनुसार साना करदाताले आयकर ऐनअनुसार आय विवरण तथा कर दाखिला फारम भर्नुपर्छ ।

यस्तो फारममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम, कट्टी हुने रकम, करदाता वा निजको प्रतिनिधिको पूरा नाम, हस्ताक्षर र मोबाइल नम्बर भर्नुपर्छ । 

यसरी विवरण भर्दा आय रकम, लाग्ने कर रकम र म्याद गुजारी आय विवरण र कर दाखिला गर्दा लाग्ने शुल्क तथा ब्याजसमेत कम्प्युटर प्रणालीबाट स्वतः गणना हुन्छ । यसले करदाता र बैंकका कर्मचारीलाई समेत कर दाखिला र संकलन सहज हुनेछ । यो प्रणालीमा त्रुटीको सम्भावना समेत कम हुने विभागले जनाएको छ ।

अहिले प्रत्येक वर्षको आय विवरण र कर दाखिला गर्ने प्रणाली रहेको छ । अबदेखि एकै पटकमा एकभन्दा बढी आय वर्षको आय विवरण र कर दाखिला गर्न सक्ने प्रणालीमा समेत सुधार गरिएको विभागले जनाएको छ ।

अबदेखि आफू दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयको राजस्व संकलन गर्ने अधिकार प्राप्त बैंकको जुनसुकै शाखामा गई यस्तो फारम भरेर आय विवरण र कर दाखिला गर्न सकिने छ । यसअघि यस्तो विवरण र कर तिर्न कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । 

अब भने करदाताले नजिकको बैंक शाखामा पुगेर आय विवरण र कर भुक्तानी गर्न सक्ने भएका छन् । यसरी दाखिला भएको रकम र विवरण आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयको अभिलेखमा पुग्ने गरी प्रणाली विकास गरिएको छ ।

यसबाहेक विद्युतीय माध्यम प्रयोग गरेर पनि साना करदारताले कर तिर्न सक्छन् । यसका लागि कुनै करदाताले विभागको एकीकृत कर प्रणालीमा रहेको ट्याक्सपेयर पोर्टलमा गई विद्युतीय माध्यमबाट आय विवरण तथा कर दाखिला भौचर तयारी गरी सम्बन्धित बैंकमा गई कर भुक्तानी गर्न सक्छन् । कनेक्ट आईपीएसका माध्यमबाट समेत कर तिर्न सकिने बनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.