काठमाण्डौं।तेस्रो सर्किट ब्रेक लागेपछि आज आइतबारको लागि नेपाल स्टक एक्सचेन्जमा शेयर करोबार बन्द भएको छ ।
शेयर बजार परिसूचक नेप्से ६ प्रतिशत अर्थात ८४.२६ अंकले बढेपछि आइतबार पूरै दिनका लागि शेयर कारोबार बन्द भएको हो।
कारोबार सुरु भएको ७ मिनेट अगावै ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको नेप्से २० मिनेट कारोबार रोक्का भई खुल्नेवित्तकै १ मिनेटमा नै थप १ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको थियो।
दोस्रो सर्किट लागेको ४० मिनेट पश्चात खुला भएको बजार १ मिनेटमा पुन: १ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको हो।
नेप्से ८४.५६ अंक बढेर १४७९.०३ बिन्दुमा पुगेको छ। यस अवधिमा १११ कम्पनीका १ लाख ८० हजार कित्ता शेयर ६ करोड २५ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्। पुनर्बीमा कम्पनीको २ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आजको बजारमा २२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।