add

घरजग्गा धितोमा ६० प्रतिशतसम्म लोन, सेयर धितो कर्जाको पनि सीमा बढ्यो






ActPro Nepal

|

२ साउन, २०७७

|
670

काठमाडौं । राष्ट्र बैंकले घरकर्जालाई बढाएर ६० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ । 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै घर जग्गा धितोमा ६० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था भएको बताएका हुन् ।

मौद्रिक नीतिले मार्जिन लेन्डिङ, होम लोन र अटो लोनको सीमा बढाएको बताएका छन् ।

तत्कालका लागि अन्य क्षेत्रमा ऋण प्रवाह हुनसक्ने अवस्था नभएका कारण यी क्षेत्रमा बैंकले प्रवाह गर्न पाउने ऋणको बढाइएको बताए । त्यस्तै उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने भएका छन् ।

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो । उक्त कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइनेछ ।

यस्तै सेयर धितो कर्जाको सीमा ७० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कर्जाको सीमा ६५ प्रतिशतबाट ५ प्रतिशत बढाएका हुन् ।

कर्जा धितोको मूल्यांकन गर्न १२० दिन तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.