add

दश जलविद्युत कम्पनी सहित १९ कम्पनीको ६ अर्बको आईपीओ बिक्री हुँदै






ActPro Nepal

|

१ साउन, २०७७

|
925

काठमाडौं । धितोपत्र प्राथमिक बजारमा २१ कम्पनीको करिब ६ अर्ब बराबरको साधारण शेयर (आईपीओ) विक्री गर्ने तयारी गरेका छन् । 

स्वीकृति पाईसकेका ३ र स्वीकृतिको पर्खाइमा रहेका १८ कम्पनीले रू. ५ अर्ब ९३ करोड बराबरको आईपीओ बजारमा आउने भएको हो । कोरोना संक्रमण्का कारण गत फागुनमै बोर्डको स्वीकृति पाएका एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिडेट र युनाईटेड इदी–मर्दी एण्ड आर.बि हाइड्रोपावरले चाडैनै विक्रीमा ल्याउने तयारी गरेका छन् । असार २५ गते स्वीकृति पाएको माउण्टेन इनर्जी नेपालले भने साउन ८ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ जारी गर्ने मिति तय गरिसकेको छ । 

युनाइटेडले गत चैत १० गतेदेखि रू. १० करोड ५० लाख बराबरको आईपीओ विक्री गर्ते तयारी गरेको थियो । त्यस अवधिमा प्रभावित बनेको आईपीओ पुनः विक्री आव्हान गर्नका लागि बोर्डबाट केहि थप विवरणहरु स्वीकृति लिनुपर्ने भएकाले त्यसकै प्रकृयामा रहेको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलकी उपप्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले जानकारी दिएकी छिन् ।

उता, एनआरएन इन्फ्रास्टक्चरको आईपीओ विक्रीका लागि भने बोर्डबाट थपिएका विवरणहरु स्वीकृत गराईसकेकाले अवको केहि दिनभित्रै आईपीओ विक्रीमा आउने विक्री प्रबन्धक सानिमा क्यापिटलका इन्भेष्टमेण्ट बैंकिङ प्रमुख मन्दिप लुइटेलले जानकारी दिए । 

कुल रकममध्य ५ अर्बभन्दा बढीको आईपीओ भने स्वीकृतिको पर्खाइमा रहेका छन् । आईपीओका लागि आवेदनदिने मध्य आधा जसो कम्पनीहरु जलविद्युत कम्पनी रहेका छन् । पूर्ण प्रविधमैत्री बनिसकेको प्राथमिक बजारमा निष्कासन हुने शेयरप्रति लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । पछिल्लो समय निष्कासनमा आएका आईपीओमा परेको आवेदनको संख्यालाई आधार मान्दा प्राथमिक बजारमा निष्कासनमा आएका शेयरप्रति लगानीकर्ताहरुको आकर्षण उच्च देखिएको हो । असार २९ गते बाँडफाँट भएको साधना लघुवित्तको आईपीमा ४ लाख ४८ हजारको आवेदन परेको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.