add

अब एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गरे पैसा लाग्‍ने






ActPro Nepal

|

३१ असार, २०७७

|
737

काठमाडौं । भोलिबाट अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क लाग्ने भएको छ । यसअघि नेपाल बैंकर्स संघ डेभलमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र नेपाल क्लियरिङ हाउसले संयुक्त रूपमा अर्को सूचना जारी नहुँदासम्म विद्युतीय कारोबार र अन्तर बैंक एटीएम सेवामा कुनै शुल्क नलाग्ने बताएका थिए ।

बैंकहरुले चैत ७ गतेदेखि विद्युतीय कारोबारहरु निःशुल्क प्रदान गर्दै आएका थिए। जसमा नगद झिक्नका लागि अन्तर बैंक एटिएम कार्ड प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था भएको तथा नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपिएस एनसिएचएल आइपिएस एनसिएचएल इसिसी सेवामा समेत शुल्क नलाग्ने व्यवस्था गरेका थिए।

योसँगै विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्नेछ । कनेक्ट आइपीएस, एनसीएचएल आइपीएस तथा एनसिएचएल इसीसी सम्बन्धी शुल्क निर्धारण पनि नेपाल क्लियरिङ हाउसले नै गर्नेछ ।

‘२०७७ साउन १ गतेदेखि विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने बेहोरा अनुरोध गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.