add

डिसहोमले १०० रुपैयाँमा नै आइपीओ जारी गर्ने






ActPro Nepal

|

३० असार, २०७७

|
729

काठमाण्डौ । टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले पौने २४ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले २३ लाख ८५ हजार ९२९ कित्ता अर्थात २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको शेयर निष्कासनका लागि आवेदन दिएको हो।

सोमबार धितोपत्र बोर्डमा चुक्तापूँजीको १० प्रतिशत हाराहारीको सेयर सर्वसाधारणमा जारी गर्नका लागि आवेदन दिएको हो । 

डिस मिडिया नेटवर्कका प्रबन्धक निर्देशक सुदीप आचार्यले आइपीओ निश्कासनको प्रक्रिया सुरु गरिएको र बोर्डमा आवेदन दिइएको पुष्टि गरे । 

डिस होमको आइपीओमा निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई  क्यापिटल रहेको छ । 

एघार वर्षअघि स्थापना भई देशको लिडिङ पे टिभी उद्योगको रुपमा काम गरिरहेको डिसहोमले २०७४ सालदेखि आफूलाई पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरेको थियो । २०७५ साल पुस २७ गते सम्पन्न साधारणसभाले सर्वसाधारणमा प्राथमिक सेयर निश्कासनको प्रस्ताव पारित गरेको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.