काठमाडौं । नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म सार्वजनिक बिदाका दिन पनि खुला राख्न निर्देशन दिएको छ।
बिहीबार सूचना जारी गर्दै असार २७ गते शनिबार र त्यसपछि सार्वजनिक बिदा परेमा राजस्व बुझ्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालद्वारा जारी सूचनामा वित्तीय संस्थाहरुको शाखा र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिइएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।