add

साधना लघुवित्तको सेयर १६.४४ गुणा बढी माग, ८ हजार ६ सय आवेदन रद्ध






ActPro Nepal

|

२४ असार, २०७७

|
869

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयर (आईपीओ) १६ गुण बढी आवेदन परेको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार अनुसार संस्थाको सेयरमा एक करोड ८ लाख ७९ हजार ८ सय ३० कित्ता सेयरको लागि आवेदन परेको छ ।

जुन सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको तुलनामा १६.४४ गुणा बढी हो । संस्थाले सर्वसाधारणका लागि ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर छुट्याएको थियो ।

आइपीओ खरीदका लागि आएका ८ हजार ६०४ वटा आवेदन रित नपुगेका कारण रद्ध भएका छन् ।

आइपीओमा अन्तिम दिन बुधबार मात्रै ६२ हजार ४३२ आवेदन परेका छन् । यो दिन मात्रै कुल १५ लाख ६७ जहार ६१० कित्ता सेयरका लागि आवेदन परेको छ ।

संस्थाले गत आइतबार (असार २१ गते)देखि ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो । संस्थाले प्रतिकित्ता रु. १०० दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो।

निष्कासित कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.