add

मंगलबार यी २३ कम्पनीका लगानीकर्ता भए मालामाल






ActPro Nepal

|

२३ असार, २०७७

|
646

काठमाण्डौं। असार २३ गते २३ वटा कम्पनीको नै शेयरमूल्यमा उछाल आएको छ। मंगलबार कारोबारमा आएका १७८ कम्पनीमध्ये २३ कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले बढेको हो।

आज प्रुडेन्सियल इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त, ओरियन्टल होटल गरि ५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

यस्तै  हिमालयन जनरल इन्स्योरेन्स, सूर्योदय लघुवित्त, सामुदायिक लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, मिथिला लघुवित्त, सोल्टी होटल, युनाइटेड इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स, गुहेश्वरी मर्चेन्ट, सिभिल लघुवित्त, मेरो माइक्रोफाइनान्स, समृद्धि फाइनान्स, नेरुडे लघुवित्त, आरएसडिसी लघुवित्त, र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमा लगानी गरेका लगानीकर्ता मालामाल भएका हुन्, यी सबै कम्पनीको शेयरमूल्य मंगलबार मात्रै ९ प्रतिशत धेरैले बढेको छ।

उता आजको बजारमा खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ३.८५ प्रतिशतले घटेर ५० रुपैयाँमा झरेको छ। ग्लोबल आईएमई लघुवित्त, घलेम्दी हाइड्रोपावर, रिलायन्स फाइनान्स, एनआईसी एशिया बैंक संस्थापक शेयरको मूल्य २ प्रतिशत धेरैले घटेको छ।

कारोबारमा आएका १२ वटै उप समूहको परिसूचक बढेको बजारमा होटल उप समूहको सूचक सबैभन्दा धेरै ८.८८ प्रतिशतले बढेको छ।


आज कारोबार रकमले पनि राम्रो साथ दिएको छ। आइतबार १ अर्ब बढीको शेयर कारोबार भएकोमा सोमबार ९२ करोडको कारोबार भएकोमा मंगलबार पुन कारोबार रकम १ अर्ब २१ करोड २४ लाख २६ हजार रुपैयाँको शेयर खरीद बिक्री भएको हो।

यसदिन १७८ कम्पनीका २८ लाख ८३ हजार ९४८ कित्ता शेयर १८ हजार १४० पटक खरीद बिक्री भए। नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ९ करोड १२ लाखको शेयर कारोबार भएको बजारमा नेपाल लाईफ, हिमालयन डिष्टिलरी, र एनएमबि बैंकको पनि ५ करोड बढीको शेयर खरीद बिक्री भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.