add

नेपाल निम्नमध्यम आय भएको मुलुकमा उक्लियो, दक्षिण एशियामा उच्च प्रतिव्यक्ति आय भएको माल्दिभ्स






ActPro Nepal

|

१९ असार, २०७७

|
924

काठमाडौं । नेपाल न्यून आय भएको मुलुकबाट पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ । 

विश्व बैंकलेसार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आए भएको देशमा उक्लिएको हो । 

सन् २०१९ मा १०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी भएका मुलुकलाई विश्व बैँकले न्यूनमध्यम आय वर्गमा राखेको छ।

सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्वबैंकको तथ्यांक छ ।

विश्वबैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने मुलुकलाई न्यून आयवर्गमा राख्दै आएको छ।

दक्षिण एशियाली मुलुकहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको मुलुक माल्दिभ्स बनेको छ।

सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६ सय ५० अमेरिकी डलर रहेको विश्व बैंकले जनाएको छ । 

माल्दिभ्स उच्च मध्यम आय वर्गमा भएको दक्षिण एशियाको एकमात्रै देश हो । यसअघि श्रीलंका पनि उच्च मध्यम आय भएको देशमा थियो ।

तर यस वर्ष श्रीलंका प्रतिव्यक्ति आय खस्किएर निम्नमध्यम आय भएको देशमा झरेको छ। विश्वबैंकले संसारभरीका देशलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न गरी चार आय वर्गमा वर्गीकरण गर्दै आएको छ ।

विश्वका २९ मुलुक न्यून आयवर्गमा रहेको विश्वबैंकले जनाएको छ । त्यस्तै, नेपालसहित ५० मुलुक निम्नमध्यम वर्ग, ५६ मुलुक उच्च मध्यम वर्ग र ८३ मुलुकहरू उच्च आयवर्गमा पर्छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.