add

आइतबार एनआइसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड हुदै , ४६ हजार ५७९ जनाले २० कित्ता पाउने






ActPro Nepal

|

१८ असार, २०७७

|
1414

काठमाडौं । एनआइसी एशिया लघुवित्तले सर्वसाधारणमा असार १० देखि १४ गतेसम्म निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) असार २१ गते आइतबार बाँडफाँड हुने भएको छ।

लघुवित्तको आईपीओ बिक्री गरेको सानिमा क्यापिटलले सो जानकारी दिएको हो।

आईपीओमा ३ लाख ९७ हजार ७४१ वटा आवेदन सदर भएका छन्। धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार बाँडफाँड गर्दा ४६ हजार ५७९ जना आवेदकले २० कित्ता शेयर पाउनेछन् भने ३ लाख ५१ हजार १६२ जना आवेदकले भने १० कित्ता आईपीओ पाउनेछन्।

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ। क्यापिटलका अनुसार ३ लाख ९७ हजार ७४१ वटा आवेदन योग्य भएका छन्। जसअनुसार १० कित्ताका दरले शेयर बाँडफाँड गर्दा ३९ लाख ७७ हजार ४१० कित्ता सकिन्छ। बाँकी ४ हजार ६५ हजार ७९० कित्ता शेयर गोलाप्रथाबाट भाग्यमानी ४६ हजार ५७९ जना आवेदकले थप १० कित्ताका दरले १० कित्ता २० कित्ता पाउनेछन्।+

आईपीओ आवेदकन गरेका कूल ४ लाख १४ हजार १८० लगानीकर्तामध्ये १६ हजार ४३९ वटा आवेदन अयोग्य ठहर भएका छन्। आईपीओ आवेदन परेको आवेदनमध्ये बैंक खातामा मौज्दात नभएका, दोहोरो आवेदन परेका आवेदनहरु रद्ध भएका हुन्। आवेदन रद्ध भएका लगानीकर्ता आईपीओ पाउनबाट बञ्चित बन्ने भएका छन्।

लघुवित्तले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। आईपीओमा २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३९० कित्ता शेयरको माग परेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.