add

नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक पारित






ActPro Nepal

|

१८ असार, २०७७

|
1432

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकले विभिन्न विषयका दुई विधेयक पारित गरेको छ ।

प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७७ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव सदनमा सर्वसम्मतिबाट पारित भएको हो ।

त्यस्तै मन्त्री डा खतिवडाले प्रस्तुत गरेको राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव पनि सदनमा सर्वसम्मतिबाट पारित भएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्बाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ सभासमक्ष पेश गरे ।

सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७ प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.