add

आजदेखि शेयर बजार पुरानै मोडालिटीमा खुल्ने, कारोबार समय चार घण्टा मात्रै






ActPro Nepal

|

१५ असार, २०७७

|
600

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएकको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि बन्द रहेको शेयर बजार आजदेखि खुल्ने भएको छ। 

आइतबार नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर असार १५ गते (आज)देखि धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

कारोबार ५ घण्टाबाट घटाएर ४ घण्टा बनाउने निर्णय गरेको छ । बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म साविककै सर्किटको व्यवस्थाबमोजिम कारोबार सञ्चालन गर्ने नेप्सेको भनाइ छ । सर्किट ब्रेकर, मूल्य सीमा परिवर्तनमा नियमहरू गत चैत १० गतेभन्दा अघिकै अनुसार हुने निर्णय नेप्से बोर्डले गरेको छ ।

कारोबार गर्दा लगानीकर्ता, ब्रोकर, नेप्से, सीडीएसी, मर्चेन्ट बैंकरले यसअघि बोर्डले जारी गरेको कोभिड १९ सुरक्षाका उपाय पालना गर्नुपर्ने धितोपत्र बोर्डले जनाएको छ । धितोपत्र बजार सम्बद्ध संस्थाले स्वास्थ्य सुरक्षाका विधि नअपनाई कार्यालय खोलेको पाइए कारबाही गर्ने पनि जनाइएको छ । बोर्डले ब्रोकरहरुले पनि घरबाटै शेयर कारोबार गर्न सक्ने व्यवस्था मिलाएको भन्दै सकेसम्म घरबाटै कारोबार गर्न प्रोत्साहन गर्ने जनाएको छ ।

धितोपत्र बोर्डले बजार सञ्चालनका लागि ६ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनअनुसार अर्को व्यवस्था नहुन्जेल स्टक ब्रोकरहरूले स्क्रीन रूम सञ्चालन गर्न पाउने छैनन् । ब्रोकरहरूसँग सम्पर्क गरी सकेसम्म घरैमा बसी कारोबार गर्न बोर्डले भनेको छ । स्वास्थ्य सुरक्षाका उपाय पालना गरी कारोबार गर्नुपर्ने बोर्डले जनाएको छ । 

कोरोना महामारीका कारण गत चैत ११ गते लकडाउन सुरु भएसँगै बन्द भएको शेयर बजार वैशाख २ गते खुलेको थियो । तर दुई दिन कारोबार हुँदा नेगेटिभ सर्किट लागेपछि बजार फेरि बन्द गरिएको थियो ।

गत चैत १० गतेदेखि बन्द बजार लकडाउनका विच वैशाख ३० र ३१ गते खुला भएपनि पुनः बन्द भएको थियो । यो विचमा बजारमा सुधार गर्नुपर्ने केहि कुराहरु सुधार गरेर खुला गर्न लागिएको बोर्डको भनाई छ ।

बजार खुला गर्ने निर्णय गर्नुपूर्व बोर्डको नेतृत्वमा गत साताको आइतवार बजार सम्वद्ध सरोकारवाला निकायहरुहरु सम्मिलित अध्ययन कमिटि गठन भएको थियो । उक्त कमिटिले बजार सुचारु गर्न सुझाब दिएसँगै बोर्डले सोमवारदेखि खुला गर्ने निष्कर्ष निकालेको हो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.