add

कर तिर्ने समय तीन महिना र अन्य खर्च १ वर्षको अवधि भित्र किस्ताबन्दीमा तिर्न माग






ActPro Nepal

|

३० जेठ, २०७७

|
1810

काठमाडौं ।  काठमाडौँ जिल्लाका उद्योगी व्यवसायीले कर तिर्ने समया तीन महिन थप गर्न माग गरेका छन् । 

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा बसेको जिल्ला उद्योगी व्यवसायी कोभिड १९ संकट व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो ।  

साथै लकडाउन अवधिको बैंक ब्याज मिनाहा हुनु पर्ने,  बैकलाई तिर्नुपर्ने साँवा, ब्याज, घर बाहाल लगायतके अन्य खर्च उकवर्षको अवधिभित्र किस्ताबन्दीमा तिर्न पाउनु पर्ने माग गरेका छन् । 

त्यस्तै सरकारले काठमाडौँ जिल्लामा कोराना महामारी फैलन नदिन कडा स्वाथ्य सुरक्षाको व्यवस्था गर्नु माग राखेका छन् ।  

बजारमा रहेको बाँकी वक्यौता उठाउनका लागि सरकारले विशेष सहयोग गर्नु  पर्ने  र छुट्टै कानुनको निर्माण गर्नु उनिहरुको भनाई छ ।    

नेपाल राष्ट्र बैंकले घोषणा गरेका ब्याज छुट तथा सुविधाहरु सबै उद्योगी व्यवसायीहरुले सबै कर्जा शिर्षकमा पाउनु पर्ने   र लकडाउनका  कारण बजारमा रहेको विक्री अयोग्य भएको सामान व्यवस्थापनमा सहयोग गर्न समेत माग गरेका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.