add

चीनले राख्यो सुँगुरको मासु आयातमा रेकर्ड, किन किन्दै छ ठूलो मात्रामा मासु ?






ActPro Nepal

|

१२ जेठ, २०७७

|
788

काठमाडौं । कोरोना भाइरसको प्रकोपबीच चीनले सुँगुुरको मासुु आयातमा नयाँ रेकर्ड राखेको छ ।

चीनको भन्सार विभागका अनुुसार चिनियाँ अप्रिल महिनामा रेकर्ड तोडदै चार लाख टन पोर्क (सुँगुुरको मासु) आयात भएको हो। जुुन गत वर्षको सोही महिनाको तुुलनामा लगभग १७० प्रतिशत बढी हो।

स्रोतका अनुुसार अहिले अन्तर्राष्ट्रिय बजारमा मासुुको मूल्य घटेकाले त्यसको फाइदा उठाउनका लागि चिनियाँ व्यापारीहरुले व्यापक मात्रामा सुँगुुरको मासुु स्टक गरिरहेका छन् ।

चीनले यो वर्षको सुुरुआती चार महिनामा करिब १४ लाख टन सुँगुुरको मासुु आयात गरेको थियो। जुुन गत वर्षको सोही अवधिको तुुलनामा १७०.४ प्रतिशत धेरै हो।

घातक अफ्रिकन स्वाइन फ्लुुले चीनको सुुँगुुर बजारलाई करिब ४० प्रतिशतसम्म कम गरेको छ। जसका कारण सुँगुुरको मासुुको घरेलुु उत्पादनमा कमी आएको छ र चीनमा सबैभन्दा बढी रुचाइने सुँगुुरको मासुुको मूल्यमा वृद्धि भएको छ।

अहिले चीनले अमेरिकालगायतका बजारबाट सुँगुुरको मासुु खरिद गरिरहेको छ। अमेरिका विश्वका सबैभन्दा कम मूल्यमा सुँगुुरको मासुु बेच्ने देशमध्ये एक हो।

कोरोनाभाइरसका कारण अमेरिकाको घरेलुु सुँगुुर बजारमा मासुुको मूल्य प्रभावित बनेको छ। चीनले हाल अमेरिकासहित विदेशी बजारमा उपलब्ध सुँगुरको मासु खरिद गरिरहेको छ ।


अमेरिका संसारको सबैभन्दा कम मूल्यमा सुँगुरको मासु बेच्ने देश मध्येको एक हो र घरेलु बजारको मूल्यमा कोरोनाभाइरस महामारीको पनि असर परेको छ ।

चीनमा पनि पोर्कको मूल्यमा फेब्रुअरी महिनाको सुरुवातपछि नै लगातार गिरावट आएको छ, तर अहिले पनि यो लगभग एक वर्षको तुलनामा दोब्बर मूल्यमा कारोबार भइरहेको छ ।

चिनियाँ भन्सार विभागका अनुुसार यो वर्षको पहिलो चार महिनामा चीनमा मासुुको आयात ५४ प्रतिशतबाट बढेर ६ लाख ८० हजार टन पुुगेको छ। एजेन्सी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.