add

नेप्सेको अनलाईन कारोबार प्रणालीलाई पूर्ण स्वचालित बनाउन तीव्रता






ActPro Nepal

|

१६ वैशाख, २०७७

|
1010

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लागू गरिएको शेयरको अनलाईन कारोबार प्रणाली पूर्ण नभइ आंशिक मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् ।

मंगलवार कोरोना प्रभाव शेयर बजार सम्बन्धमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भिष्म ढुङ्गानाले लकडाउन खुलेको दुई देखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाईन कारोबार लागू गरिने प्रतिवद्धता व्यक्त गरे । यसका लागि नेप्से र बोर्ड नै लागिपरेको उनले बताएका छन् ।

सरकाले लागू गरेको लकडाउनका विच बजार खोल्ने वातावरण मिलाउन हामी बजार सम्बद्ध निकायहरुमा चार सय भन्दा बढी व्यक्ति उपस्थित हुनुुपर्ने र यसले लकडाउनको प्रभावकारितालाई असर गर्ने हुदाँ बजार खोल्न नसकिएको उनले प्रष्ट पारे ।

तर, वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा हामी थोरै समयको कारोबार गर्ने पक्षमा छौ । यसका लागि कुन मोडालिटिमा कारोबार सुचारु गर्ने हो भन्ने विषयमा तयारी अवस्थामा रहन नेप्सेलाई निर्देशन समेत दिएको उनले बताएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.