add

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२० शुक्रबारदेखि भृकुटीमण्डपमा






ActPro Nepal

|

१४ माघ, २०७६

|
899

आगामी शुक्रबारदेखि राजधानीमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ। 

मिडिया स्पेस सोलुसन्स र फ्युरेक्स ट्रेड फेयर एण्ड इभन्ट प्रालिले संयुक्त रुपमा आयोजना गर्ने ‘नेपाल उड इन्टरन्यासनल एक्स्पो’ २०२०  को छैटौं संस्करण शुक्रबारदेखि आइतबारसम्म भृकृटीमण्डपमा हुन लागेको हो।

प्रदर्शनीमा विभिन्न  २०० भन्दा बढी ख्यातिप्राप्त ब्राण्डका १५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। मेलामा फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायसँग सम्बन्धित उत्पादन तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने छन्।

नेप्लाई टाईटल स्पोन्सर रहेको प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकको दावी छ।

प्रदर्शनीलाई सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस (एससीएइएफ0 तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल) ले सहयोग गरेका छन् ।

यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पु¥याउने आयोजकले विश्वास व्यक्त गरेका छन् । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ती, आम नागरिक बाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनीयर तथा इन्टिरियर डिजाइनरहरुको सहभागिता रहनेछ ।

यस अन्तराष्ट्रिय प्रदर्शनीको मूल उद्देश्य नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउनु भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने अपेक्षा गरिएको छ ।

प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने आयोजकले विश्वास लिएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.