add

सोमबारदेखि सुरु हुँदैछ ‘द पोएट आइडल’ सिजन २






ActPro Nepal

|

२८ माघ, २०८०

|
324

काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ आगामी सोमबारदेखि प्रसारणमा आउने भएको छ । शुक्रबार आयोजित प्रायोजक घोषणा कार्यक्रममा शोको प्रसारण मिति र समयबारे जानकारी गराइयो । शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युब च्यानलमा राती ९ बजे प्रसारण हुनेछ ।

कार्यक्रममा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरे । वात्सल्य नेचुरल शीर्ष प्रायोजक रहने भएको छ l शोको दोस्रो सिजनमा अभिनेत्री केकी अधिकारी जजको रूपमा भित्रिएकी छिन् । अभिनेत्री सुरक्षा पन्तबाहेक अन्य तीन जज पहिलो सिजनकै दोहोरिनेछन् । ‘द पोएट आइडल’ शोको सिजन १ मा सुरक्षासँगै विप्लव प्रतीक, उपेन्द्र सुब्बा र अनुप बराल जज रहेका थिए l शोको होस्ट सिजन १ का दिव्यदेव नै यसपटक पनि दोहोरिने भएका छन् ।

कविता सम्बन्धित रियालिटी शोको जज चलचित्रकी अभिनेत्री किन ? भन्ने प्रश्न सामाजिक सञ्जालमा आइरहेकाबारे सञ्चारकर्मीले प्रश्न गरेका थिए, जसको बारेमा निर्देशक अधिकारी र अभिनेत्री अधिकारीले प्रष्ट पारेका थिए ।

अभिनेत्री अधिकारीले चलचित्र अभिनेत्रीको रूपमा कला र साहित्यप्रति आफ्नो पनि जिम्मेवारी हुने बताइन् । उनले सबैको धारणालाई सम्मान गर्ने बताएकी थिइन् । निर्देशक अधिकारीले केकीलाई अब्बल नायिकाको रूपमा प्रशंसा गर्दै उनले पोएट आइडललाई न्याय गर्न सक्ने बताए । 

फिनालेलाई छाडेर शोको कुल एपिसोड ३० हुने जानकारी गराइयो । आयोजकले शोको विजेतालाई नगद १० लाख रुपैयाँ सहित एक पुस्तक सार्वजनिक गरिदिनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.